काठमाडौँ । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बसेको केन्द्रिय कार्यसम्पादन बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको उपसभापति धनराज गुरुङले पत्रकारहरूलाई जानकारी दिए ।