नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली नेपाल निवास कोटेश्वरमा पुगेका छन् ।
सत्ता गठबन्धन दलमा आबद्ध गराउनका लागि माधव नेपाललाई फकाउन सोमबार उनकै निवास पुगेका प्रचण्ड असफल भएका थिए । सरकारमा आउन आग्रह गर्दै प्रचण्ड मंगलबार पुनः नेपाल निवास पुगेका हुन् । प्रचण्ड र ओलीसँगै नेकपा एमालेका विष्णु पौडेल र शंकर पोखरेल पनि सहभागी छन् ।
प्रचण्डले कांग्रेससहितको गठबन्धन तोडेर सोमबार ३ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन गरेका थिए । जुन निर्णयमा नेपालले असन्तुष्ट जनाउँदै आएका छन् ।
त्यस्तै प्रचण्डले गठबन्धन भत्काएर एमालेसँगको गठबन्धन गरेसँगै नेपालले आफ्ना दुई मन्त्री र राज्यमन्त्रीलाई सरकारबाट फिर्ता बोलाएका थिए।