कार्तिक २३, २०८०
सरकारले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ ।
धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अध्ययन समिति गठन गरेको छ ।
पूर्वकप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ।
साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ ।
अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत तथा उद्धारका लागि दिने निर्णय गरेको छ ।