काठमाडौँ । बालकुमारी प्रहरीको दमनबाट मृत्यु भएका युवाको आज दाहासंस्कार गरिने भएको छ । बालकुमारीको प्रदर्शनमा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाह मारिएका थिए ।
आइतबार मृत्यु भएका युवाका आफन्त र सरकारबिच चारबुँदे सहमति भएपछि आज उनिहरुको शव गाउँ लैजाने तयारी भएको सुजनका मामा टेकबहादुर कटुवालले बताए । सहमती अनुसार दुवैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला लैजाने तयारी गरिएको छ । मृतकको आजै दाहासंस्कार गरिने आफन्तले बताएका छन् ।
आइतबार मृतकका आफन्तलाई रोजगारीका लागि अनुरोध गर्ने, शहीद घोषणाको प्रक्रिया थाल्ने, अतिरिक्त राहत उपलब्ध गराउने समेत सहमति भएको थियो ।
बालकुमारी घटना : सरकारसँग ४ बुँदे सहमतिपछि मृतकको शव उठाउने तयारीमा आफन्त