बालकुमारी प्रहरीको दमनबाट मृत्यु भएका दैलेखका सुजन रावतको शव परिवारको जिम्मा लगाइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत सुजनको शव घर पुर्याइएको हो । उनको आजै अन्तेष्टि गर्ने तयारी गरिएको छ ।
सोही घटनामा मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।
बालकुमारीको प्रदर्शनमा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाह मारिएका थिए । आइतबार मृत्यु भएका युवाका आफन्त र सरकारबिच चारबुँदे सहमति भएपछि शव गाउँ लगिएको हो । आइतबार मृतकका आफन्तलाई रोजगारीका लागि अनुरोध गर्ने, शहीद घोषणाको प्रक्रिया थाल्ने, अतिरिक्त राहत उपलब्ध गराउने समेत सहमति भएको थियो ।