काठमाडाैँ : शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको दमनका कारण मृत्यु भएका युवाका आफन्त र सरकारबिच चारबुँदे सहमति भएको छ ।
प्रदर्शनका क्रममा मृत्यु भएका युवा र सरकारबिच आइतबार ४ बुँदे सहमति भएसँगै उनीहरुले शव बुझ्न तयार भएका हुन् ।
मृतकका आफन्तलाई रोजगारीका लागि अनुरोध गर्ने, शहीद घोषणाको प्रक्रिया थाल्ने, अतिरिक्त राहत उपलब्ध गराउने र शव सम्बन्धित जिल्लामा सरकारले पुर्याउने परिवार र सरकारबिच सहमति भएको हो ।
सहमतिपत्रमा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारी र मृतकका आफन्तका तर्फबाट वीरेन्द्रका बाबु टेकबहादुर शाह तथा रावतका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका हुन् ।
बालकुमारीको प्रदर्शनमा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाह मारिएका थिए ।