नागरिकता किर्तेमा छानबिन प्रभावित बनाउन वीरगंजका मेयरले गराए शक्ति प्रदर्शन

सिधाकुरा

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा किर्ते नागरिकता छानबिन नगर्न दबाब दिन आज बिरोध प्रदर्शन गरिएको छ । व्यक्तिगत गल्ती ढाकछोप गर्न वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको निर्देशनमा जनप्रतिनिधिहरु नै जनताको काम छोडेर प्रदर्शनमा उत्रेका हुन् । 

मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई आफैँ बाबु बनेर नागरिकता बनाईदिएको विषय उजागर भएपछि वीरगंजमा उनको मुकुट उत्रदै गएको छ । चर्को आलोचना र प्रश्नको घेराबन्दीमा पार्न थालेपछि मेयर सिंहले यसलाई आफ्ना विरुद्ध विकास विरोधी तत्वहरु लागेको तर्क गर्न थालेका छन् । बिहिबार मेयरको यही तर्कलाई आत्मसाथ गर्दै सिंह निकट वडा अध्यक्षहरुले बिरोध प्रदर्शन गरेका हुन् । 

वीरगंजको लालबङ्गलाबाट निकालिएको जुलुस नगरेको माईस्थान, महाविरस्थान, आदर्शनगर, लगायतको चोकमा परिक्रमा गर्दै ‘मेयरको चरित्र हत्या गर्न पाइँदैन’, ‘व्यक्तिगत आलोचना गर्न पाइँदैन’, ‘मेयरलाई कुर्सिबाट हटाउन पाइँदैन्’, ‘वीरगंजको शान राजेशमान’, ‘राजेशमान जिन्दावाद’, ‘अघि बढ राजेशमान जनता तिम्रो साथमा छ’, लगायतको नारा लगाएका थिए । 

मेयरले अह्वान गरेपछि जुलुसमा गयौँ : वडा अध्यक्षहरु

वडा कार्यालयको कामकाज छोडेर जसपाबाट निर्वाचित वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, वडा नम्बर ४ का अध्यक्ष नेपाली कांग्रेसका जगत साह कानु, वडा नम्बर ५ का अध्यक्ष एमालेका प्रदिप चौरसिया, वडा नम्बर ६ का लोसपाका जयप्रकाश साह, वडा नम्बर ७ का नेपाली कांग्रेसका हिराकाजी महर्जन, वडा नम्बर ८ का जसपाका रिजेश गुप्ता, वडा नम्बर १० का जसपाका सुशील गुप्ता, वडा नम्बर ११ का अध्यक्ष जसपाका अजय बरै, वडा नम्बर १२ का अध्यक्ष एमाले सुरेश गुप्ता, वडा नम्बर १३ का अध्यक्ष एमालेका हिरालाल गिरी, वडा नम्बर १४ का अध्यक्ष जसपाका महबुब एलाही अंसारी, वडा नम्बर १५ का जसपाकै रमेश यादव, वडा नम्बर १६ का अध्यक्ष जसपाका प्रशुराम चौरसिया, वडा नम्बर १७ का एमालेका संजीव क्षेत्री, वडा नमबर १८ का अध्यक्ष जसपाका उमा शंकर तिवारी, वडा नम्बर २१ का अध्यक्ष लोसपाका राधा कृष्ण साह, वडा नम्बर २३ का अध्यक्ष एमालेका अवधकिशोर कुशवाहा, वडा नम्बर २५ का अध्यक्ष जसपाका आशुतोश चतुर्वेदी, वडा नम्बर २६ का अध्यक्ष नेपाली कांग्रेसका शम्भु मिश्र, वडा नम्बर २९ का अध्यक्ष जसपाका धर्मेन्द्र महतो, वडा नम्बर ३० का अध्यक्ष जसपाका मनोज यादव, वडा नम्बर ३१ अध्यक्ष एमालेका जितेन्द्र यादव, र वडा नमबर ३२ का अध्यक्ष जसपाका रियाज अहमद मियाँको सहभागिता रहेको वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारले जानकारी दिए । 


वीरगंज महानगरपालिका वडा नम्बर ४ नेपाली कांग्रेसका वडा अध्यक्ष जगत साह कानुले महानगरका मेयर राजेशमान सिंहले जुलुसको अह्वान गरेपछि आफू जुलुसमा गएको बताए । उनी भन्छन्, ‘मेयरको नागरिकता लगायतको विषयमा कानुनले दिएको सजाय अनुसार कार्वाही होला त्यसमा मलाई केहि भन्नु छैन् । हामीले विहान १० बजेदेखि ११ः३० बजेसम्म काम गरेर जुलुस प्रदर्शनमा गएका हौँ । ३ बजे हामी पुनः जनताको काम फर्कियौँ ।  

यस्तै वडा नम्बर ६ लोसपाका वडा अध्यक्ष जयप्रकास साहले भन्छन्, ‘मेयरको नागरिकताको विषय प्रशासनले छानविन गरिरहेकाले हामीलाई बोल्न मिल्दैन । जुलुसमा गएको हो, मेयरले गल्ती गरेको छ भने उनलाई कारबाही हुनुपर्छ ।’

यता वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार भने राजेशमानको विरोधमा बोल्नेको बिरुद्धमा आफूहरु उभिने बताउँछन् । ‘मेयरको बिरुद्धमा जो बोल्छ त्यसको विरोधमा हामी खडा हुन्छौँ । त्यसकै लागि विरोध गरिएको हो,’ उनले भने, ‘विकास बिरोधीलाई जवाफ फर्काउन आजको जुलुस निकालिएको हो ।’ राम्रो गर्न वीरगंजमा कसले रोक्यो भन्ने प्रश्नमा उनले मेयरको मान मर्दन व्यक्तिगत विषयलाई लिएर वीरगंजको छवि धुमल्याउनु गलत भएको र त्यसैको बिरोधका लागि जुलुस निकाल्नु परेको बताए । 


सो जुलुसमा प्याब्सनबाट जिल्ला अध्यक्ष पुरन प्रधान, नगर अध्यक्ष आलोक चौरसिया, उपाध्यक्ष सरोज चौधरी, सचिव राहुल श्रीवास्तव, नेशनल प्याबसन जिल्ला अध्यक्ष राम श्रेष्ठ, नगर अध्यक्ष जियालाल गुप्ता, निजि विद्यालय गौतम माविका सोनम लामा, जिवन ज्योती माविका शिव गुप्ता, कञ्चन जङ्गगा माविका मार्टिन मोक्तान, पिरामिड प्लसटुका विरेन्द्र यादव लगायत पनि थिए । 

सहभागी मध्येका एक नेपाल शिक्षक महासंघका नगर अध्यक्ष विनोद मेहतालाई शिक्षक भएर राजनीतिक र व्यक्ति विशेषको प्रदर्शनमा जानुको कारणबारे हामीले प्रश्न गर्यौँ । उनले आफू सहभागी हुनु गलत भएको स्वीकार गरे । र अन्य धेरै व्यक्तिहरु सहभागी भएकाले आफू पनि भएको टालटुले जवाफ दिए । 

नगर परिक्रमा पश्चात घण्टाघरमा पुगेर कोणसभा गर्दै जुलुसमा सहभागिहरुले सहायक प्रमुख जिल्ला अधिकारी सानु बाबु अधिकारीलाई वीरगंजलाई सुन्दर, सफा र वैभव वीरगंज बनाउन भइरहेको काम अझ बढी व्यवस्थित र सम्पन्न नगर होस भन्दै ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले मधेश युनिर्भसिटिका उपकुलपति, वीरगंज पब्लीक कलेजका प्रध्यापक, नागरिक समाजका अगुवा दिपक शाक्य, अभिशेक तिवारी, तेज प्रकाश निषद, रामबाबु पासवान, राजा प्रसाद यादव, अनुराग श्रेष्ठ, माधो राउत कुर्मी लगायतले गरेको हस्ताक्षर सहितको विज्ञप्ती बुझाएका हुन् ।   



मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....