काभ्रे । पनौती नगरपालिकाको वडा नं १२ स्थित रोशी खोलाको किनारमा रहेको भूमेडाँडा बस्ति अहिले खण्डहर बनेको छ । त्यस क्षेत्रका अधिकांश घरहरु बगरमा परिणत भएका छन् भने बाँकी घरहरु पनि बस्न नमिल्ने अवस्थामा छन्। बाढीले किसानले खेतबारीमा लगाएका अन्नबाली बगाएको छ । सो क्षेत्रका अधिकांश संरचना बगाएका छन् । बाढी गएको ६ दिन बित्दासमेत राज्यसंयन्त्र नपुगेको र आफूहरुले राहत नपाएको स्थानीयको गुासो छ ।
रोशी खोलामा आएको बाढीले पनौती नगरपालिका क्षेत्र भित्र २० जनाको मृत्यु भएको छ, १ हजार भन्दा बढी घर पहिरोमा परी क्षतिग्रस्त भएका छन् भने धनजनको कति क्षति भयो भन्ने अझै एकिन छैन ।