काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को मुख्यालयमा प्रधानमन्त्री र नेपाली काङ्ग्रेस विरुद्ध नाराबाजी भएको छ । रास्वपा सभापतिलाई पक्राउ गर्ने सरकारको तयारीको हल्लासँगै सयौँका सङ्ख्यामा कार्यकर्ता पार्टी मुख्यालय वनस्थलीमा भेला भएका छन् ।
पार्टी कार्यालयको बैठक कक्षामा पार्टी सभापति रवि लामिछानेसहित केही पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रिय र प्रदेश सदस्यहरू पार्टीको अर्कै विषयको आन्तरिक बैठकमा छन् ।
तर, पार्टी कार्यालयको प्राङ्गणमा भेला भएका पार्टीका कार्यकर्ताहरूले साँझ प्रधानमन्त्री र सरकारको हिस्सेदार दल नेपाली काँग्रेस विरुद्ध नाराबाजी गरेका हुन् ।
आफ्नो सभापतिलाई राजनीतिक प्रतिशोध साँध्न खोजेको भन्दै कार्यकर्ता सरकार विरुद्ध आक्रोशित भएका भएका हुन् । उनीहरूले ‘रवि दाइ हाई, हाई, केपी ओली, नेपाली काङ्ग्रेस मुर्दावाद’ भन्ने नारा लगाएका थिए ।