काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको ध्यान बचतकर्ताको रकम फिर्ता गराउने नभई आफुलाई जेल हाल्ने मात्रै भएको बताएका छन् ।
रास्वपाको पार्टी कार्यालयमा उपस्थित समर्थक तथा संचारकर्मीहरु माझ लामिछानेले संसदिय समितिलेनै सहकारीमा ८७ अर्ब हिनामिना भएको उल्लेख गरेपनि सरकारले बचतकर्ताको रकम फिर्ता गराउनेतर्फ ध्यान नदिई आफूलाई जेल हाल्नेतर्फ केन्द्रित भएको र याे षण्यन्त्र भएको उनले बताए ।
लामिछानेले भने 'संसदीय समितिले ८७ अर्ब सहकारीमा घोटाला भएको छ भनेको छ । आज सहकारी पीडित सडकमा छन्, तर यिनीहरुको ध्यान केवल रवि लामिछाने, रवि लामिछाने प्रति मात्रै केन्द्रित भएको छ, यो षणयन्त्र हो । म यसको विरुद्ध लड्नु पर्ने भएको छ।'
लामिछानेले सहकारी पीडितलाई अपिल गर्दे भने 'म आज यहाँ उभिएर देशभरका सहकारी पीडितलाई अपिल गर्न चाहन्छु, प्रतिवेदनले सहकारी घोटालामा मेरो संलग्नता भनेकाे छैन भन्ने स्पष्ट पारीसकेको अवस्थामा तपाईहरु चाहनुहुन्छ भने, तपाईहरु निर्णय गर्न सक्नुहुुन्छ भने आउनुहोस्, संघर्ष समितिले निर्णय गर्न सक्छ भने संघर्ष समितिको नेतृत्व गर्न म तयार छु, रास्वपा तयार छ' ।
लामिछानेले थपे, 'यिनको ध्यान तपाईको बचत फिर्ता गर्नमा होइन, यिनको ध्यान रवि लामिछाने जेल हाल्न र रास्वपालाई सिध्याउन केन्द्रित छ। जुन हामी हुनै दिदैनौँ '।