काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवम् पूर्व मन्त्री विराजभक्त श्रेष्ठले पार्टी विरुद्ध दमन गर्न खोजिएको आरोप लगाएका छन् ।
पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने हल्लासँगै मुख्यालय वनस्थलीमा भेला भएका पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
रास्वपाले ४० औँ वर्ष देखिको भष्ट्राचार र बेथितिको ज्वरो उखेल्न थालेपछी पार्टी विरुद्ध दमन गर्न खोजिएको उनले आरोप लगाए । ‘म पार्टी कार्यकर्ताहरूलाई आग्रह गर्न चाहन्छु भ्रष्टाचार र बेथितिको जरो हल्लिए पछि रास्वपामाथि दमन हुन खोज्दैछ’ सांसद श्रेष्ठले भने, ‘३० औँ, ४० औँ वर्ष देखिको भष्ट्राचार र बेथितिको ज्वरो हल्लिए पछि हुने यस्तै हो ।’
उनले सरकारलाई भ्रमको राजनीति नगर्न पनि आग्रह गरे । पार्टीका नेता र कार्यकर्ताहरूलाई जिम्मेवार भएर आफ्नो भूमिका निभाउन पनि नेता श्रेष्ठले आग्रह गरे । पार्टी विरुद्धको घेराबन्दी विरुद्ध नयाँ मोर्चा बनाउन पर्ने हुनसक्ने पनि उनले बताए ।