झापामा बाबुको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।
सोमबार बिहान झापाको कमल गाउँपालिका ४ बस्ने भोलाकुमार तामाङ्को हत्या भएको र उनको हत्या गरिएको आशंकामा उनकै छोरा २३ वर्षीय आशिष तामाङ्लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आशिषले बाबुलाई भान्सामा भएका सामानले प्रहार गरेको देखिएको छ । मृतक भोलाकुमारको टाउको र शरिरका विभिन्न अंगमा चोट लागेको छ ।
घटनापश्चात घरबाट भागेका आशिषलाई प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएको अवस्थामा उनले मदिरा सेवन गरेको पाइएको छ ।