काठमाडाैँ । नेपाली कांग्रेसले प्रचण्ड सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् ।
कांग्रेस र एमालेबीच बन्न लागेको नयाँ सरकारमा सहभागी गराउने उद्धेश्यले विपक्षी दलहरुलाई देउवा निवास बुढानिलकण्ठमा बैठकमा बोलाइएको सहमहामन्त्री भीष्म आङ्देम्बे बताए। उनका अनुसार मंगलबार साँझ बैठक बस्नेछ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच संविधान संसोधन गर्ने समेतका विषयमा सहमती भएका छन् । जसका लागि दुई तिहाई मतको आवश्यक पर्छ । सोही आवश्यकतालाई पूर्ति गर्न विपक्षी दललाई समेत सँगै लिएर जाने नयाँ गठबन्धनले तयारी गरेको छ ।
कांगेसले बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दललाई बोलाएको बताइएको छ ।