काठमाडौँ । झ्याप्ले खोलामा थप १५ वटा शव भेटिएका छन् । उक्त शव नारायणगढबाट आएको हाइस र गोरखबाट शुक्रबार काठमाडौँका लागि छुटेका बसका यात्रुहरुको रहेको प्रहरीले बताएको छ ।
शनिबार साँझ मात्रै सोही स्थानमा बुटवलबाट आउँदै गरेको वीङ्गर भ्यानमा सवार १४ जनाको शव भेटिएको थियो ।
सोही स्थानमा शुुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस पनि पुरिएको पुष्टि भएको छ । अहिले पनि उद्धार जारी छ । झ्याप्ले खोलामा अहिलेसम्म २९ वटा शव भेटिएका छन् ।
दुर्घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालय काठमाडौँ र धादिङको प्रहरी परिचालन गरिएको छ भने नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएका छन् ।