काठमाडौं । नख्खुमा टहरासहित बगेका तीनै जनाको उद्दार भएको छ । आज बिहान नख्खु खोलामा आएको बाढीले टहरोसहित राज शाह, राजु शाह र मेघ्ना शाह, सेतु शाह र देवराज कार्कीलाई बगाएको थियो । बाढीले घेरिएपछि उनीहरु टहरको छानामा बसेर गुहार मागेका थिए ।
जस्ताकाे टहराे माथिबाट रबिनको परिवारले ६ घण्टादेखि उद्धार माग्यो तर केन्द्र सरकारले समन्वय नै गरेन
तर लामो समयसम्म पनि उद्धार हुन नसकेपछि ५ जनालाई बाढीले बगाएको थियो । जस मध्ये ६ वर्षीया मेघ्ना शाह, राज शाह र राजु शाहको उद्धार भएको छ ।
बाढीले बगाइरहेको उनीहरुलाई तिमाल गाउँपालिका ९ काभ्रेका चनिकलाल तामाङले पौडिएर उद्धार गरेको प्रत्यक्षदर्शी पुर्ण केसीले जानकारी दिए । बाढीले बगाउँदै गरेका उनीहरुलाई चनिकलालले बाढीमै पसेर छोपेका थिए । त्यसलगत्तै केसी सहित अन्य स्थानीयले पाटन अस्पताल पुर्याएका थिए ।
अस्पतालमा उपचारत उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सक समेत रहेकी सांसद डाक्टर तोषिमा कार्कीले जनाएकी छिन् ।सांसद केसी उनीहरुलाई भेट्न अस्पताल पुगेकी छिन् । डाक्टर कार्कीका अनुसार अस्पताल पुर्याउँदा मेघ्नाको शरिरको तापक्रम निकै कम भएपनि अहिले पनि सामान्य भैसकेको छ । यस्तै राजु र राजको शरिरमा केहि चोट देखिएपनि अवस्था समान्य रहेको छ ।
गुहार माग्दा-माग्दै नख्खु खोलाले परिवारनै बगायो (भिडियो)
बाढीले बगाएको अन्य २ जना भने वेपत्ता छन् ।
तस्विरः पूर्ण केसी र डा.तोसिमा कार्कीको फेसबुकबाट