काठमाडौँ । दक्षिणपूर्वी ललितपुरको महाकालमा बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ । शुक्रबार रातिदेखिको बाढी र पहिरोले महाङ्काल गाउँपालिकामा ३ जनाको मृत्यु भएको र ३ जना बेपत्ता भएको पालिका अध्यक्ष गणेश केसीले सिधाकुरालाई जानकारी दिए ।
अध्यक्ष केसीका अनुसार भीषण वर्षा र बाढीका कारण अझै स्थलगत अध्ययन गर्न सकिएको छैन् । अहिले आएको क्षतिको विवरण टेलिफोनबाट लिइएको उनले बताए ।
पहिरोका कारण पालिका सदरमुकाम समेत रहेको बैतडी धाममा ठूलो क्षति पुगेको छ । ‘पालिका सदरमुकाम गोटिखेल, वैतर्नीधाम,एउटा निजी स्कुल सबै पुरियो र बगायो,’ अध्यक्ष केसीले भने, ‘महाङ्कालमा ३ जना बेपत्ता भएका छन् । ३ जनाको निधन भएको छ । ६ वटा घर पुरियो, ठोस्ने खोला २ मा ५० भन्दा बढी घर बगाएको छ ।’ पानी अझै निरन्तर परिरहेका कारण क्षति यकिन गर्न नसकिएको उनले बताए ।