काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले जाममा परेका गाडी पुरिँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । केहीबेर अघिको भीषण पहिरोका कारण जाममा रहेका बसहरू पुरिएका थिए ।
पहिरोले पुरेको स्थानबाट अहिलेसम्म १४ शव निकालिएको छ । जसमा एक जना बालक, ५ महिला र ८ जना पुरुषहरू रहेका छन्
पहिरो खसेर गाडी पुरेपछि थानकोट प्रहरी वृत्तबाट प्रहरीहरू उद्धारमा खटिएका थिए। घटनास्थलमा उद्धारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको आपतकालीन खोज तथा उद्धार समिति (¥याट) का सदस्य आशिष थापाले घटनास्थलबाट १४ वटा शव निकालिएको पुष्टि गरे ।
‘भीषण पहिरो झरेको छ । कति गाडी पुरिए भन्ने नै यकिन छैन् । ठूलो मात्रामा मानवीय क्षति भएको अनुमान छ,’ थापाले भने, ‘यतिबेलासम्म १४ वटा शव निकालिएको छ । अरु शवहरू पनि देखिएको छ निकाल्न सकिएको छैन् । ’
थापाकाअनुसार घटनास्थलमा अन्य आधा दर्जन गाडीहरू पुरिएको अनुमानमा खोजी जारी राखिएको छ । पुरीएको वीङ्गर भ्यान र मृतकबारे अहिलेसम्म केही खुलेको छैन् ।
आश्विन १२, २०८१ ०८:३६ मा प्रकाशित