विराटनगर । धरान उपमहानगरपालिकाको कार्याबहाकको जिम्मा वडा अध्यक्षलाई दिने प्रमुख हर्कराज साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । साथै धरान ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक दिनुको कारण पनि माग गरेको छ ।
प्रमुख साम्पाङको निर्णय विरुद्ध आइतबार उपप्रमुख आइन्द्रबिक्रम बेघाले रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजालसले प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
प्रमुख साम्पाङ व्यक्तिगत भेटघाटका लागि बेलायत पुगेका छन् । उनी एक साता पछि मात्रै नेपाल फर्कीने बझिएको छ ।