काठमाडौं।नेकपा एमालेले मिनबहादुर गुरुङबाट पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गाकाे विराेधमा बाेल्ने नेताहरुलाई कारबाही गर्ने भएकाे छ।
आइतबार बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी महासचिव शंखर पोखरेलले जानकारी दिए। पार्टीकाे निर्णय विपरित अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएकाे उनले बताए ।
'सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य एवम् प्रतिनिधिसभा सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेछ,' महासचिव शंकर पोखरेलले भने। तीनै जना नेताले सामाजिक सञ्जाल एवम् सञ्चार माध्यममार्फत पार्टीकाे साे निर्णयकाे विराेध जनाएका थिए ।