पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेश गरिएको छ । न्यायाधीश नवराज दाहालको इजलासमा म्याद थप बारे अहिले बहस भइरहेको छ । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, अधिवक्ता डा.नारायणदत्त कडेल, सुवास आचार्य, नारायण घिमिरे लगायतले बहस गर्दै छन् । लामिछानेलाई शुक्रबारबाट गणना हुने गरी पहिलो पटक ५ दिन हिरासतमा राख्न अनुमति मागिएको छ।
मंसिर ९, २०८१ आइतबार |