पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने तीन दिनदेखि कास्की प्रहरी हिरासतमा छन् । सहकारी ठगीको आरोपमा उनलाई प्रहरीको शुक्रबार काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो ।
सभापति रवि लामिछानेलाई संसदीय छानविन समितिले सहकारी ठगीमा कुनै प्रमाण नभेटिएको भनी किटान गरेकै अवस्थामा प्रहरीले पक्राउ गरेपछि रास्वपा त्यसको सशक्त विरोधमा छ ।
रास्वपा सभापति लामिछाने पक्राउ अघि कांग्रेस र एमाले सम्मिलित गठबन्धन सरकारले गरेका हर्कत आम सर्वसाधारणका नजरले पनि संकास्पद , लामिछानेलाई फसाउने र रास्वपाको व्यग्र गतिको उचाइलाई घटाउने नियतले ग्रस्त देखिन्छ । लामिछानेको पक्राउलाई उनको पार्टीले औपचारिक रूपमै भ्रष्टाचार विरोधी पार्टीको नीतिसँग तर्सिएकाहरूको प्रतिशोधपूर्ण कार्य भनेको छ । रवि र रास्वपाका समर्थकहरु रवि पक्राउको दिनदेखि नै सरकार र प्रशासनसँग रुष्ट छन् ।
आइतबार जिल्ला अदालतमा रविलाई पेश गर्ने पूर्व निर्धारित प्रशासनको तयारी थियो । शनिबार बिहानै देखि पोखरामा सशक्त आन्दोलन गरिरहेको रास्वपाले प्रशासनसँग अनुमति लिएर आइतबारका लागि पनि विरोधको शान्तिपूर्ण कार्यक्रम तय गरेको थियो । तर, विरोध कार्यक्रम घोषणा भएकै स्थानमा रास्वपालाई छेक्न कास्की जिल्ला प्रशासनले निषेधाज्ञा जारी ग¥यो ।
अघिल्लो दिन शान्तिपूर्ण प्रदर्शनका अनुमति दिएर भोलिपल्ट निषेधाज्ञा जारी गरेपछि रास्वपा प्रशासनसँग रुष्ट देखियो र आफ्नो पूर्व निर्धारित कार्यक्रम स्थलबाट पछि नहट्ने अडानमा उभियो ।
रास्वपाको कार्यक्रम बिथोल्न प्रशासनले भिजिलान्ते खटाउने देखि नेता कार्यकर्तालाई कास्की छिर्नै अवरोध गर्न थाले । मध्यन्न १२ बजेपछि पूर्वनिर्धारित कार्यक्रमस्थल शहीद चोकमा प्रहरीले रास्वपा नेता कार्यकर्ताको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग सुरु ग¥यो । प्रहरी दमनबाट आन्दोलनमा सहभागी केही नेता कार्यकर्ता घाइते भएको रास्वपाले जनाएको छ ।
उसले शान्तिपूर्ण विरोधको कार्यक्रममा भएको दमनको भर्त्सना पनि गरेको छ । सिधाकुरासँग कुरा गर्दै सो पार्टीका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले सरकारी दमनको निन्दा गरे ।