काठमाडाैँ । क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाललाई दुई सय ३३ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य नेपालले ४४ ओभर ३ बलमा पूरा गरेको हो ।
सोमबार भएको खेलमा नेपालले जित हात पारेसँगै क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप भएको छ । यसअघि दुई खेल जितेको नेपालले क्यानडासँगको अन्तिम खेलमा पनि जित हात पारेसँगै क्यानडालाई ९ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको हो
आजको खेलमा नेपालका तर्फबाट २ खेलाडीले शतक प्रहार गरेका हुन् । क्रिकेटर भीम सार्की र अनिल साहले शतक प्रहार गरेका हुन् । भीमले १२७ बलमा शतक प्रहर गरेका हुन् भने साहले १११ बल खेलेर शतक बनाएका हुन् ।