काठमाडाैँ : नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गर्ने रिगल भनिने योगराज ढकालको सजाजमाफी विरुद्ध चेतन मानन्धरकी श्रीमति भारती मानन्धरले दायर भएको रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको सजाय मिनाह गरेको भन्दै उक्त निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनले दायर गरेको रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी सम्मिलित पूर्ण इजलास तोकिएको छ ।
यसअघि गत असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विपक्षीलाई मिति र समयसमेत तोकेर विभिन्न प्रश्नहरुको लिखित जवाफ माग गरेको थियो ।
न्यायाधीश शर्माकाे इजलासले सरकारसँग लिखित जवाफ माग्नुका साथै राष्ट्रपति कार्यालयबाट भएको आममाफीको सम्पूर्ण सक्कल फाइल मगाएको थियो।