काठमाडाैँ । कांग्रेस र एमालेबीचको मध्यरातको सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन् । नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सत्ता सञ्चालन गर्ने मध्यरातको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न प्रचण्डले ९ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।
कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको र यस्तो अवस्थामा राजीनामा दिने कि विश्वासको मत लिने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको पार्टीका एक नेताले बताए ।
दुई ठूला दलहरु मिलेर सरकार बनाउने सहमतिपछि राजीनामा दिएर बाटो खुल्ला गर्ने वा एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने भन्ने प्रधानमन्त्री प्रचण्डसँग अब २ विकल्प छन् । सोही विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।