'दम्भले होइन, कसैलाई देखाइदिऊँ भनेर पनि होइन,आत्मविश्वासका कारण अस्पताल भर्ना नभएको हुँ श्रीमान्'

सिधाकुरा

काठमाडाैँ । रास्वपा सभापति रवि लामिछानेको ८औँ पटकको म्याद थप कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको थियो। इजलासमा बहस सुरु हुनु अघि नै न्यायाधीश बेल्बासेले लामिछानेलाई ‘अस्पताल भर्ना हुनु भएन छ नि! भनेर सोधेका थिए। मंसिर २७ गते प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लैजाँदा चिकित्सकले रक्तचाप बढेका कारण अस्पताल भर्ना हुन सल्लाह दिएका थिए। तर, लामिछानेले भर्ना हुन मानेका थिएनन्।

 

न्यायाधीश बेल्बासेको चासो सम्बोधन गर्दै लामिछानेले भने, दम्भले होइन, कसैलाई देखाइदिऊँ भनेर पनि होइन श्रीमान आत्मविश्वासका कारण अस्पताल भर्ना नभएको हुँ। आत्मबलले नै भर्ना हुनुपर्छ भनेको भएँ, हुन्थे पनि। गाह्रो भएको भए नजिकै थियो, गइहाल्थें।

रविले आफू गृहमन्त्री हुँदा बनाएको कार्यविधिका कारण पनि अस्पताल भर्ना हुन असजिलो भएको बताए। ‘श्रीमान म गृहमन्त्री हुँदा हिरासत छल्न अस्पताल बस्ने प्रवृत्ति निरुत्साहित गर्न कार्यविधि बनाएको थिएँ, त्यही कार्यविधिका कारण पनि ...’ रविले भने।

त्यसपछि म्याद थपबारेको बहस सुरु भयो।

सुरुमा जाहेरवालका कानून व्यवसायिले प्रहरीको राय अध्ययन र विश्लेषण गरी मुद्दा चल्ने÷नचल्ने निर्णयसहित चल्ने भए अभियोगपत्र तयार गर्नुपर्ने चरणमा रहेकाले सरकारी वकीलले मागेअनुसार म्याद दिन अनुरोध गरे। 

सरकारी वकीलले बहसका क्रममा प्रहरीले हिजो मात्रै अनुसन्धान प्रतिवेदन बुझाएको भन्दै अध्ययन र विश्लेषणसहित मुद्दा चल्ने/नचल्ने निर्णय गरी अभियोगपत्र तयार गर्न बाँकी चार दिन पर्याप्त नरहे पनि त्यसभित्रै मुद्दा ल्याउनु पर्ने बाध्यताका कारण आफूहरु चापमा रहेको भन्दै चारै दिन म्याद पाउनुपर्ने माग गरेका थिए। थुनछेक बहसका लागि अदालतमा उपस्थितिको सुनिश्चितताका लागि पनि रवि लामिछानेसहितलाई हिरासतमै राख्नुपर्ने सरकारी वकीलको माग थियो।

रवि लामिछानेका कानून व्यवसायीले भने प्रहरीले अनुसन्धान सकेर प्रतिवेदनसमेत बुझाइसकेको अवस्थामा थप हिरासतमा राख्नु फौदजारी न्यायको सिद्धान्त प्रतिकूल हुने भन्दै हाजिरी जमानीमा रिहा गर्नुपर्ने माग गरेका थिए। ‘आरोपितविरुद्ध प्रमाण संकलनको चरण सकियो। उहाँले बयान पनि दिइसक्नु भयो। प्रहरीले अनुसन्धानको प्रतिवेदन नै सरकारी वकीललाई बुझाइसक्यो’ बहसका क्रममा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले भने, ‘अनाहकमा थप चार दिन थुन्नु भनेको न्याय प्रणालीप्रतिकै घात हो।’

रवि लामिछानेको तर्फबाट बहस गर्ने अन्य वकीलले पनि अनुसन्धानको चरण पूरा भइसकेको, लामिछाने भागी, उम्की जाने आधार र कारण नरहेको र अनुसन्धानमा झैं मुद्दाको चरणमा पनि लामिछानेले अदालतलाई सहयोग गर्ने भन्दै थुनामुक्त गर्नुपर्नेमा जोड दिएका थिए।

करिब आधा घण्टामा दुबै पक्षको बहस सकिएपछि न्यायाधीश बेल्बासेको अनुमति लिएर लामिछानेले एउटा जिज्ञाषा र अर्को आग्रह इजलास समक्ष राखे। 

पहिलो थियो, आफूलाई हिरासतमै राखेका कारण कुनै प्रमाण प्राप्त भयो भन्ने जिज्ञाषा। 

रविले भने, ‘म यत्तिका दिन त हिरासतमा बसिसकें, अनुसन्धानलाई सघाइसकें। यसलाई नथुनेको भए यो प्रमाण नष्ट हुन्थ्यो, यो चाहीँ कागज पाइँदैन थियो, पक्राउ गरेर जोखिमबाट बच्यो भन्ने कुरा चाहीँ के छ? भनेर मैले पटकपटक सोधें। जवाफ आजसम्म पाएको छैन। यसलाई समाएका कारण हामीले यो प्रमाण जोगायौं, अनुसन्धानमा यस्तो प्रमाण भेट्टायौं भन्ने एउटा चिज देखाइदिए म सन्तुष्ट हुन्थें श्रीमान।’

न्यायाधीश बेलबासे रविलाई ‘तपाईंको यो अनुभव पछि काम लाग्छ’ मात्र भने। 

रविको दोस्रो आग्रह थियो, आफूविरुद्ध भइरहेको मिडिया ट्रायलबारे।

‘श्रीमान, हाम्रो (श्रीमति निकितातर्फ देखाउँदै) बैंक खाता र कारोबारबारे मिडियाबाट अफवाह फैल्याइएको छ। अनुसन्धानबाट खुलेको भन्दै कुनै मिडियाले यति करोड भनेको छ, कुनैले उति करोड। हाम्राविरुद्ध अति नै मिडिया ट्रायल भयो। यसका कारण मेरी श्रीमति पनि निकै दबाबमा परेकी छन्। गलत समाचारविरुद्ध कतिपटक प्रेस काउन्सिल जाऊँ, कतिलाई मुद्दा हालौं! अचाक्ली नै भइसक्यो श्रीमान। श्रीमानले आजको आदेशमा यसबारे केही उल्लेख गरिदिनु प¥यो’, रविले आग्रहका साथ भने। 

न्यायाधीश बेल्बासेले ‘हेरौंला नि त’ मात्रै भने।

लिखित आदेशमा यसबारे उल्लेख नरहे पनि न्यायाधीश बेल्बासेले प्रहरीलाई मौखिक आदेश दिँदै त्यसतर्फ गम्भीर हुन भनेका छन्। 

रवि लामिछानेको हकमा ८औं म्याद थप्दाको आदेशमा भनिएको छ ‘... अनुसन्धान प्रतिवेदन समेतको विश्लेषण गरी प्रतिवादीहरुलाई मुद्दा चल्ने नचल्नेतर्फ निर्णय गर्ने लगायतको कार्य गरी अभियोगपत्र तयार गर्ने कार्य भई रहेको हुँदा पक्राउ परेका प्रतिवादीहरुलाई प्रहरी हिरासतमै नराखी छाडी दिँदा निजहरु भाग्न, उम्कन सक्ने संभावना रहेको भन्ने समेत प्रयोजन खुलाई देहायका प्रतिवादीहरुको हकमा म्याद थप माग भएको देखिँदा प्रतिवादीहरु पाँच जनाको हकमा म्याद थप गर्न मनासिव देखिएको छ।’

प्रतिक्रिया

Sidhakura Investigation

EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....

  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

इजलासमा न्यायाधीशसामू रवि लामिछाने : ममाथि पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायाङ्कन भइरहेको छ....

  • इजलासमा न्यायाधीशसामू रवि लामिछाने : ममाथि पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायाङ्कन भइरहेको छ....
  • यस्तो छ चितवन प्रहरीको अत्याचारबारे रवि लामिछानेले मानव अधिकारकर्मीलाई दिएको बयान ||....
  • नविकरण भएका राहदानी नदिँदा पोर्चुगलका हजारौँ नेपाली समस्यामा || SIDHAKURA ||
  • एमालेका पूर्वमन्त्रीलाई किन चलेन मुद्दा ? यस्तो छ प्रहरीलाई दिएको लज्जास्पद बयान....
  • FACEBOOK मा रविको समर्थन र ओलीको विरोध गर्दा सांसदलाई निलम्बन || SIDHAKURA....
  • डेढ बर्षदेखि बिग्रेको भ्यानमा डिजेल खर्च देखाएर भ्रष्टाचार || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय हवाइ टिकटमा इसेवाको लापरवाही : यात्रुलाई जानकारी नदिई टिकट क्यान्सिल ||....
  • यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....
  • रविलाई साङ्गठनिक अपराधको मुद्दा किन ? || SIDHAKURA ||
  • तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क || SIDHAKURA....
  • दीपक मनाङेः कारागारदेखि कारागारसम्मको नालिबेली || DEEPAK MANANGE || SIDHAKURA ||
  • THE MANANG VALLEY || SIDHAKURA ||
  • 'रविविरुद्ध कांग्रेस एमाले राणा भन्दा पनि चर्को तानाशाही निस्किए' || SIDHAKURA ||
  • रविमाथिको प्रतिशोधको प्रतिकारमा रास्वपाका दुई कमाण्डर || DP ARYAL || SWORNIM WAGLE....
  • रविमाथि प्रतिशोधको विरोधमा जनता सडकमा || SIDHAKURA ||
  • रविको म्याद थप भएपछि अब आन्दोलन के हुन्छ ? || SIDHAKURA ||
  • जब 'मलाई बचाउनुस्' भन्दै सिधाकुरामा एक महिलाको फोन आयो... || SIDHAKURA ||
  • ५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका....
  • रविमाथि प्रतिशाेध, पुष्टिका आधार || SIDHAKURA ||
  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||

Current Affairs

रविविरुद्ध सरकार पूर्वाग्राही भयो, राज्यले प्रतिशोध....

  • रविविरुद्ध सरकार पूर्वाग्राही भयो, राज्यले प्रतिशोध साँध्नुहुँदैन : माओवादी नेता देवेन्द्र पौडेल
  • रवि लामिछानेमाथि सरकार निरङ्कुश भयो : पूर्वप्रधानन्यायाधीश सुशिला कार्की || SIDHAKURA ||
  • टुँडिखेलमा महानगरको शक्ति प्रदर्शन || SIDHAKURA ||
  • टियूका पधादीकारीले प्रधानमन्त्रीलाई थर्काए || SIDHAKURA ||
  • रविको पक्षमा पोखरामा विशाल प्रर्दशन || SIDHAKURA ||
  • यसरी मनाउँदैछ काठमाडौंले महानगर दिवस ! || SIDHAKURA ||
  • रविलाई गरिएको ज्यादतीको मूल्य कांग्रेस एमालेलाई चर्को पर्ने छः प्रचण्ड || Prachanda....
  • रविमाथि लोकतन्त्रमा सरकारको राणा शासनको रवैया || SIDHAKURA ||
  • झाडीले भरिएको जमिनमा सुन्तला खेती || SIDHAKURA ||
  • रविलाई पर्सा लगियो, दर्जनौँ ठाउँमा प्रदर्शन || SIDHAKURA ||
  • बसाइँसराइले रित्तिएको गाउँ :खाँडीमा युवा, झाडीमा घर || SIDHAKURA ||
  • लन्डनमा नमिलेको खुसी भैँसीगोठमा : दुध बेचेर वार्षिक २० लाख कमाई ||....
  • राष्ट्रिय मानवअधिकार आयोगमा गएनन् प्रहरी महानिरीक्षक बसन्त कुँवर, पुन: पत्र काटिने ||....
  • रविलाई भेटेपछि ज्ञानेन्द्र शाही भन्छन्ः 'मापसे' गरेको प्रहरीले रविलाई अमानवीय व्यवहार गरे....
  • रविविरुद्ध अमानवीय व्यवहार गरिएको भन्दै श्रीमति पौडैलद्वारा मानव अधिकार आयोगमा उजुरी ||....
  • भुटानका राजा बौद्ध र स्वयम्भुमा || SIDHAKURA ||
  • रवि लामिछानेलाई भेटेपछि डा.बाबुराम भट्टराईले भने 'रविमाथि अन्याय भयो' || SIDHAKURA ||
  • ३ घण्टा कुर्दापनि एनपीएल हेर्न टिकट नपाएपछि... || SIDHAKURA ||
  • रास्वपाबाट निर्वाचित वडाध्यक्षले सम्हालिन पदभार, जनताको सेवामा लागिरहने प्रतिबद्धता || SIDHAKURA ||
  • बालेनले गराए नवनिर्वाचित वडाअध्यक्षलाई शपथ || SIDHAKURA ||
  • खेल हारेपछि सन्दीप लामिछाने : मोमेन्ट क्याप्चर गर्न नसक्दा खेल हारियो ||....
  • जितेपछि हिरासतमा रवि भेट्न पुगिन रोजिना || SIDHAKURA ||
  • रवि लामिछानेलाई सरकारी वकिल कार्यालय पुर्याउँदा... || RABI LAMICHHANE || SIDHAKURA ||
  • काठमाडौँमा रास्वपाको विजय र्याली : बालेनलाई सघाउने रास्वपा रणनीति || SIDHAKURA ||
  • कांग्रेस एमालेलाई पछार्दै काठमाडौं १६ मा रास्वपाको जितविजयी पछि के भन्छिन् रोजिना....