काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १५ जना व्यक्ति र ६ संस्थाविरुद्ध मुद्दा दर्ता भएको हो ।
अन्य प्रतिवादीहरुमा छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् ।
त्यस्तै साहारा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालिलाई पनि प्रतिवादी बनाइएको छ । रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ ।
यसअघि असोज ८ गते १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यतिबेला जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । उक्त मुद्दामा रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । अहिले पुरक निवेदनको आधारमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
उक्त मुद्दामा ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।
-
karan pathak 21 hours agoरवि लामिछाने कामदारको रूपमा काम गरेका र कामदार लाः तलब दिएका मात्र हुन रवि लामिछाने दोषि हुन भन्ने मलाई लाग्दैन यहाँ राज्य सक्ति र एमाले काङ्ग्रेस माओवादी वास्तविक सहकारी ठगहरु मिलेर रवि लामिछाने लाई फसाउन खोजेका हुन भग्वान पनि सत्य रहेछन भने ईमान्दार व्यक्ति रवि लामिछाने ले न्याय पाउने छन अन्याय त कति गरे गरे भष्टचारि बलत्कारी दलाल माफियाहरुले रवि लामिछाने नै अबको विकल्प देश र जनताको भरोसा हो
-
Umesh Bohara 20 hours agoआधारै नभएको सहकारी उपचल देखी सम्पत्ति शुद्धिकरण संगठित अपराध जस्ता लगाउने नेपाल सरकारले वास्तवमा भन्ने होः भने नेपालमा युवा जागरुन लाई दबाएर राख्न खोजेको होः उहाँ रबि लामिछाने त केबल सुरुवात का पात्र मात्रै हुन तर अरूलाई तर्साउने बोली ले भोलि आफूलाई पनि तर्साउँछ जय देश जय युवा जय घण्टी