नेभिगेशन
सबै कुरा

झापामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चल्यो

झापा । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । 

गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए । उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको बताए । 

प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । उनीहरुको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए । घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीका सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमान्डमा खटिएको टोलीले कटारी २ खोक्सामा चेकचाज गर्ने क्रममा ठूलो परिणाममा गाँजा बरामद गरेको हो ।
सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

प्रहरीका अनुसार आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत १६ घुर्नाका २९ वर्षीय आजात मिया जटले नातामा साला पर्ने असी खातुनको टाउकोमा गोली प्रहार गरेका थिए ।
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...

भर्खरै