काठमाडाैँ । बिहिबारदेखिको अविरल वर्षापछि ललितपुरको नख्खु खोला करिडोर क्षेत्रको घरहरू कुनै पनि बस्न लायक छैनन् । एक तले घर भारी माटो भोरिएको छ भने, टिनका घरहरू बाढीले बगाएको र बस्नै नमिल्ने अवस्थामा रहेका छन्
शनिबार अपरान्हबाट पानी पर्न रोकिएसँगै सो क्षेत्रका स्थानीयहरु घरभित्र पसेको लेदो सफा गर्न, बाँचेका सामानहरु निकाल्न व्यस्त छन् ।