काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी किरण राणा र डा.सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
गत आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो । बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।