नेभिगेशन
सबै कुरा

हिरासतभित्रै अनसनमा बसेका रास्वपाका पुकार बमलाई भेट्न पुगेका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको आरोप

काठमाडौँ । हिरासतभित्रै अनसनमा बसेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पुकार बमलाई भेट्न पुगेका कानुन व्यवसायीमाथि प्रहरीले दुव्यर्वहार गरेको आरोप लागाएका छन् । आफूलाई गैर न्यायिक हिरासतमा राखिएको भन्दै अनसनमा बसेका बमबारे बुझ्न प्रहरी वृत्त दरवारमार्ग पुगेका अधिवक्ता हरिश भट्टले आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको बताए । ‘हामीलाई भित्र पस्न दिइएको छैन, बमसँग भेट्न पनि दिइएको छैन ।’ उनले भने, ‘भित्र जान खोज्दा प्रहरीले हामीलाई हातपात गरेर बाहिर निकाल्यो ।’

अहिले बमलाई भेट्न सांसद सोविता गौतम र तोसिमा कार्की पुगेका छन् । बम लगायतलाई पक्राउ गरिएको विषयमा सांसद सोविता गौतमले सामाजिक सञ्जालमार्फत आलोचना गरेकी छिन् । उनले लेखेकी छिन्, ‘बालुवाटारको गल्लीमा न ब्यानर थियो, न नाराको गुञ्जन, न त भिड नै थियो। तर अधिनायकको आदेशमा सांसद र निर्दोष नागरिकलाई मुक्का हान्दै गिरफ्तार गरियो। राष्ट्र बैंक पुगेकाहरू समेत थुनिए—यो लोकतन्त्रको नाममा दमन होइन र ? पुकार बममाथिको दमनको कडा भर्त्सना गर्दछु । उहाँ अहिले यो दमन विरूद्ध निर्जल, निराहार दरबारमार्ग प्रहरी कार्यालयमा अनशनमा बस्नुभएको छ।’

Global Ime Bank

यस विषयमा प्रहरीले भने हालसम्म केही खुलाएको छैन । 

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा विरोध प्रदर्शनको घोषणा गरेको थियो । दिउँसो १२ बजेदेखि बालुवाटारको नेपाल हाउसमा रास्वपाले कार्यक्रम गर्ने भनेपछि पुगेका नेता समर्थकलाई प्रहरीले पक्राउ गरेपछि प्रहरीसँग समन्वय गर्न पुगेका पुकार बमले आफूलाई पक्राउ गरेर हिरासतमा राखेपछि अनसन सुरु गरेको सिधाकुरालाई बताए । ‘म प्रहरीका अधिकृत साथीहरुसँग समन्वय गर्न पुगेको थिएँ । म एक्लै गएको थिएँ, साथमा झण्डा, ब्यानर केही थिएन । तर मलाई लुटेराको शैलीमा समाएर गाडीमा हालियो ।’, बमले भने, ‘जबरजस्ती कुनै कारण नदेखाई समाएर दरबारमार्गको हिरासतमा राखिएको छ । प्रहरीको यो कदम र गैरन्यायीक हिरासतविरुद्ध मैले हिरासतमै अनसन सुरु गरेको छु ।’

उनले आफू अपरान्ह ४ बजेदेखि अनसनमा बसेको बताए । त्यस्तै प्रहरीले एउटा कागजमा हस्ताक्षर गरेर छोड्ने कोशिस गरेपनि आफू कानुनका दफा उल्लेख नगरि, पक्राउको यथेस्ट कारण नखुलाएसम्म आफू हिरासतबाट नबाहिरिने र अनसन जारी राख्ने बताए । ‘मेरो व्यक्तिगत अधिकार र संवैधानिक अधिकार हनन भएको छ । बिनाकारण पक्राउ गरेर घण्टौँ हिरासतमा राखिएको छ ।’, उनले भने, ‘प्रहरीले कानुन नखुलाई, कारण नदेखाएसम्म अनसन तोड्दिनँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल)...
पहिरोले घर पुरिँदा चार जना घाइते

पहिरोले घर पुरिँदा चार जना घाइते

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने...
राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित...
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

मालिका गाँउपालिका ३ का ७२ वर्षीय विसराम पटेलका अनुसार ओखरबोटको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई...