काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा पक्राउ पर्ने नेता कार्यकर्ताहरूको सङ्ख्या २३ पुगेको छ ।
रास्वपाका सह महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार पौने २ बजेसम्म २ जना सांसदसहित विभिन्न जिल्लाका नेता कार्यकर्ताहरू गरी २३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । बुर्लाकोटीकाअनुसार भर्खरै प्रहरीले सांसद बिन्ध्यबासिनी कंसाकारलाई पनि पक्राउ गरेको छ । यस अघि सांसद अशोक चौधरी पक्राउ परेका थिए ।
यस्तै, रास्वपा केन्द्रिय सदस्य पुकार बम, मकवानपुर बकैया पालिका सभापति अमर दङ्गाल, हेटौँडा उपमहानगर सभापति ध्रुव बहादुर बिष्ट, बौद्धका हरिस चन्द्र लामिछाने, मकवानपुर क्षेत्रीय सभापति सुरेश थापा, ताप्लेजुङका इ वीरेन्द्र श्रेष्ठ, काठमाडौंका प्रदिप बिष्ट, झापाका सुरेश पोख्रेल, सिन्धुपाल्चोकका नेता ध्रुव ढकाल, काठमाडौँ ७ का नेता नवराज भण्डारी, गोरखाका प्रकाश लामिछाने र काठमाडौँका रक्षा रायमाझीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
यस्तै, नुवाकोटका नेता साहिल प्रयास, ललितपुरका नेताहरू सबि खड्का, बुद्धरत्न महर्जन र सुरेन्द्र अवाले पनि पक्राउ परेका छन् । यस्तै, सिन्धुपाल्चोकका दयाराम नेपाल, उमेश लामालाई पनि प्रहरीले पक्राउ गरेको छ । तहुका खुसिराम कैनी पनि पक्राउ परेका छन् । भक्तपुरका शैलेन्द्र खत्री र गोरखाका नवराज मुड्वरीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।