वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज ओलीमाथि कार्यस्थलमै सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोप

सिधाकुरा

काठमाडौँ । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज ओलीमाथि कार्यस्थलमै सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । ओलीले आफ्नै फर्ममा काम गर्ने चार्टर्ड एकाउन्टेन्टको प्रशिक्षार्थी विद्यार्थी (पञ्जीकृत प्रशिक्षार्थी)  युवतिमाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडितले न्यायकाे याचना गरेकी छिन् । 

ओलीको फर्ममा काम गर्ने युवतिलाई गत महिना उनले एक कार्यालयमा यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ। पीडित युवति पछिल्लो ६ महिनादेखि ओलीको फर्ममा पञ्जीकृत प्रशिक्षार्थीको रुपमा कार्यरत थिइन । पीडित युवतिकाअनुसार काठमाडौँको पानीपोखरीस्थित एक सेवाग्राहीको कार्यलयमा ओलीले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् ।

‘गत असोज १५ गते म र एक जना साथी एक सेवाग्राहीको फर्ममा अडिटको लागि गएका थियाैँ । त्यहाँ अपरान्ह अडिट रिभ्युका लागि ओली सर आउनु भयो । त्यहाँ रहेका अर्को साथीलाई बाहिर पठाएर उहाँले कोठाको ढोका लगाउनु भयो,’ पीडित युवतिले पीडकलाई कारबाही माग गर्दै दिएकाे निवेदनमा भनिएकाे छ,‘ मेरो आर्थिक अवस्थाबारे सोध्न थाल्नु भयो । मेरो गाला मुसार्न थाल्नु भयो । मेरो शरिरका अङ्गहरूको चित्रण गर्न थाल्नु भयो र हात गाला देखि मुसार्दै बक्षस्थलमा पुग्नु लागे ।’ सो बखत आफ्नो आँखा रसाएको र डरले कामेको उनले बताइन् । ‘म केही बाल्न सकिन काम्न थाले । मेरो आँखा रसायो । मेरो वक्षस्थल समाउन थालेपछी म भाग्न थाले ।’ 

पीडित युवतिकाअनुसार उनी ढोका खोलेर भाग्दै बाहिर गएर आफूसँगै अडिट गर्न आएका अर्को साथीलाई सबै कुरा रुदै बताएकी थिइन् । तर, उनले केही गर्न नसकेपछि आफू साँझ पठाओ चढेर घर फर्केको उनले बताइकी छिन् । आफू घर फर्किए पछि परिवारलाई सबै कुरा बताएको र भोलिपल्टै १६ अक्टोबर (१६ असोज) का दिन बिहानै सो फर्ममा पुगेर सम्झौता रद्दको निवेदन दिएर काम छोडेको उनले बताइन् । 

सो घटना पछि आफू त्रसित भएका कारण यो विषय बाहिर ल्याउन नसकेको र असुरक्षा महसुस गरेको पीडित युवतिले बताएकी छिन् । ‘म यो घटना पछि त्रसित छु । मेरो जिन्दगीकै र मेरो व्यवसायिक जीवनमा धेरै जोखिम महसुस गरेँ’ उनले भनेकी छिन्,‘तर, मैले यो कुरा बाहिर नल्याउँदा आफैलाई अन्याय हुने महसुस गरेर भन्ने हिम्मत गरेँ ।’ 

यो घटना बाहिर ल्याउँदा आफू निकै डराएको भन्दै उनले चाटर्ड एकान्टेन्ट तथा यसका सरोकार राख्ने निकायहरु र महिला अधिकारका क्षेत्रमा काम गर्नेहरुसँग सहयोगको अपिल गरिन् । चाटर्ड एकान्टटेन्ट पढ्ने विद्यार्थीहरुको हक हितमा काम गर्ने संस्था नेपाल चाटर्ड एकान्टटेन्ट्स विद्यार्थी संगठन (एनकासा) ले पनि यो विषयमा गंभिर ध्यानाकर्षण भएको जनाएको छ। कार्यस्थलमै विद्यार्थीमाथि भएको यौन दुर्व्यवहारको  घटनाबारे जानकारी रहेको र पीडितको न्यायको लागि पहल गरिरहेको संगठनले जनाएको छ। 

पीडित विद्यार्थीबारे थाहा पाउने बित्तिक्कै पीडकलाई कारबाही र पीडितलाई न्यायका लागि पहल गरिरहेको एनकासाका अध्यक्ष महेन्द्र खड्काले सिधाकुरालाई बताए। ‘हामीले यो कुरा थाहा पाउने बित्तिक्कै पीडितलाई भेटेर उनको न्यायका लागि संस्थागत पहल थालेका छौँ,’ अध्यक्ष खड्काले सिधाकुरासँग भने । 


एनकासाकी उपाध्यक्ष सोफिया श्रेष्ठले पनि यो घटनाले यस क्षेत्रको कार्यस्थलमा काम गर्ने महिलाहरु त्रसित बनेको बताईन । ‘मैले पीडित युवतिलाई भेटेँ,’ सोफियाले भनिन् ‘हामीले न्यायको पहल पनि थालेका छौँ ।’ पीडित युवतिको न्यायको माग गर्दै नेपाल चाटर्ड एकाउन्टटेन्ट संस्था (आइक्यान) र महिला आयोग तथा प्रहरीमा पुगे पनि उनीहरु कसैले सहयोग नगरेको एन्कासाले जनाएको छ । 

आइक्यानको गैर जिम्मेवार जवाफ 

पीडक ओली नेपाल चाटर्ड एकान्टटेन्ट संस्था (आइक्यान) का पूर्वअध्यक्ष हुन् । नेकपा एमाले निकट ओली आफूलाई प्रधानमन्त्रीको नजिकको मान्छे भन्दै शक्ति केन्द्रको नजिक रहेको भन्दै प्रचार गर्छन् । उनी संलग्न कार्यस्थलमै प्रशिक्षार्थी विधार्थीमाथिको यौन दुर्व्यवहारको घटना लिएर एनकासा आइक्यान पुगेका थियो ।

कात्तिक १२ गते पीडित युवति लिएर आइक्यान पुगेको एनकासाकी उपाध्यक्ष श्रेष्ठ बताउँछिन् । चाटर्ड एकान्टटेन्ट नियवाली २०६१ को दफा ३७ मा यस्तो व्यवहार गर्नेलाई दण्डीत गर्ने कानुनी व्यवस्था छ । त्यसैलाई टेकेर सहयोगका लागि आइक्यान पुग्दा उल्टै गैर जिम्मेवार जवाफ भोगेको उपाध्यक्ष श्रेष्ठले बताइन् ।

‘पीडितलाई न्याय र पीडिकलाई कारबाही माग गर्न जाँदा उल्टै कुनै कानुनी व्यवस्था नभएको भन्दै आइक्यान पन्छिएको छ,’ उनले  भनिन् ‘हामी घटनाबारे अध्यक्षज्यूलाई जानकारी गराउन लिखित निवेदनसहित पीडितलाई नै लिएर गएका थियौँ । झण्डै एक सय जना विद्यार्थीसहित हामी जाँदा पनि कुनै सुनुवाई भएन ।’    

यस्तो घटनामा उपचारका लागि कुनै कानुन नभएको भन्दै आइक्यान पन्छिएको एनकासाको आरोप छ । आइक्यानका अध्यक्ष प्रविन कुमार झालाई यो विषयमा बुझ्न सम्पर्क गर्दा उनी कुरा गर्न तयार भएनन् । पटक पटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । जरुरी विषयमा कुरा गर्न भन्दै म्यासेज गर्दा पनि उनले कुनै प्रतिक्रिया जनाएनन् ।    

महिला आयोगले सहयोग गरेन, प्रहरीमा उजुरी 

आइक्यानबाट कुनै सुनुवाई नभएपछि पीडित राष्ट्रिय महिला आयोग भद्रकाली पनि पुगेकी थिइन । उनीसँगै गएकी साथीले सिधाकुरालाई बताए अनुसार न्याय माग गर्दै आयोग पुग्दा त्यहाँबाट पनि गैर जिम्मेवार जवाफ पाएको पीडितले बताइन् । ‘हामी हिजो मात्रै महिला आयोग गएका थियाैँ,’ उनले भनिन्,‘ लिखित उजुरी पनि दिएका छाैँ । तर,उहाँहरुले यो विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने बताउनु भयो ।’ 

आयोगले समेत आइक्यानमा जान भनेर पन्छिएको उनले बताइन । पीडित र उनका साथीहरुले घटनाबारे खुलाएर आयोगमा लिखित उजुरी दिएको छ। आइक्यान र महिला आयोगबाट कुनै सुनुवाई नभएपछि पीडितले प्रहरी बृत्त सिंहदरबारमा आफूमाथि ओलीले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिए पनि दर्ता भएकाे छैन । सोमबार साँझ उनी उजुरी लिएर प्रहरी कार्यालय पुगेकी थिइन् । 

चार्टर्ड एकाउन्टेन्टस् संघले जनायो आपत्ति 

कार्यस्थलमा प्रशिक्षार्थी सीए विद्यार्थीमाथि भएको यो घटना चार्टर्ड एकान्टेन्टहरुमा भुसको आगो जस्तै फैलिएको छ । पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गर्दै भएका पहलपछि चार्टर्ड एकाउन्टेन्टस् संघले मंगलबार साँझ एक विज्ञप्ति निकालेर उक्त घटना सम्पूर्ण सदस्यहरुका लागि लज्जाको विषय भएको बताएको छ। ‘कार्यस्थलमै सदस्यमाथि भएको यौन दुर्व्यवहारको घटना समग्र सदस्यहरुका लागि लज्जाको विषय हो,’ संघले विज्ञप्तिमा भनेको छ।


यस्ता घटनाहरुबाट पीडित अरु पनि हुन सक्ने भन्दै संघले पीडितहरुलाई सम्पर्कमा आउन पनि भनेको छ । यो घटनाकी पीडितसँग सम्पर्कमा रहेको र कानुनी उपचारमा सघाउन तयार रहेको पनि संघले जनाएको छ ।     

भाग्दैछन् ओली 

ओलीबारे पीडितको गुनासो पछि हामीले यसबारे बुझ्न ओलीलाई पटक पटक फोन गर्याे। घटनाबारे खुलाएर एसएमएस पनि गर्यौ । तर, उनले कुनै प्रतिक्रिया जनाएनन् । ओलीलाई सिधाकुराबाट ४ पटक फोन र एक एसएमएस पठाइएका छन् ।

तर, उनले एक घण्टाको अवधिमा सोबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । पीडितकाअनुसार ओली मंगलबार साँझै वा बुधबार नेपाल छोडेर भाग्दैछन् ।  उनी अष्ट्रेलिया जान सक्ने भन्दै पीडितहरुले अध्यागमन कार्यालयमा पनि घटनाबारे जानकारी गराइसकेको बताएका छन् । समाचार प्रकाशित भएकाे ३ घण्टापछि भर्खरै सिधाकुरालाई म्यासेज पठाएर ओलीले आफूमाथि गलत आरोप लगाइएको बताए । ति आरोपमा कुनै सत्यता नभएको पनि उनले बताए । ‘म माथि लगाइएको सबै आरोप गलत हो, त्यसमा कुनै सत्यता छैन्,’ उनले पठाएको म्यासेजमा उल्लेख छ । 

प्रतिक्रिया

  • Anil Lamsal 4 months ago
    CA ma ni yesto hudo Rai chha
  • salina Bhattarai 4 months ago
    I am so speechless after reading this news. How can they do so much negligence in this serious matter? Oli must get punished .We aee
  • salina Bhattarai 4 months ago
    I am speechless after reading this news. How can there be such negligence in this serious matter? Oli must be punished. We stand with you.
  • Sanket 4 months ago
    Yo budo pailai dekhi ek number boko ho vanera chinieko budo ho Yo ra jiban buda kale budo
  • Sanket Jha 4 months ago
    Yo budo pailai bata nam chin boko ho Yo ra jiban budo
  • Sujan Sendang 4 months ago
    Kasto Kukur Raecha
  • 🖥 Message: Process 1.82359 BTC. GET >> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=878f7d05a6782c869abd7eff3eb69cdd& 🖥 4 months ago
    0fp6w3
  • ⚙ You have a message № 446. Open - out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MTI1NzA2MjQ2Nzk1JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWduYXR1c 4 months ago
    fxaa50
  • 📂 Notification: Operation #BB67. WITHDRAW >>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=878f7d05a6782c869abd7eff3eb69cdd& 📂 4 months ago
    weirub
  • 📦 You have a message(-s) # 587. Open >>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MTI1NzA2MjQ2Nzk1JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWd 4 months ago
    2co1i0

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||