काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रवि लामिछाने पक्राउ पुराना दलहरू र नयाँ बीचको सङ्घर्षको सुरुआत भएको बताएका छन् । मंगलबार बालुवाटारमा पार्टीले गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेता परियारले यस्तो बताएका हुन् ।
नेता परियारले पुराना शक्ति सहजै विस्थापित नहुँदा पार्टी सभापति पक्राउ परेको बताए । उनले सभापति पक्राउ राजनीतिक कारण भएको दाबी गरे ।
नेता यो सङ्घर्षको सुरुआतलाई पुरानाले रोक्न नसक्ने पनि बताए । ‘प्राकृतिक न्यायका हिसाबले पनि पुराना जानेर नयाँ आउने हुनुपर्ने हो । तर त्यसो भएन । पुराना जान मानेनन्,’ नेता परियारले भने,‘ हामी नै आउँछौँ । हामी नआए पनि नयाँ त आउँछन् आउँछन् । पुरानाले रोक्न सक्दैनन् ।’
सहकारीका ठूला ठगहरू काङ्ग्रेस र एमालेमै रहेको पनि उनले बताए । पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधका विरुद्ध पार्टीले आन्दोलन जारी राख्ने पनि नेता परियारले बताए ।