भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमिको भ्रमण गर्दै छन् तर नेपाली अधिकारीहरू भने बेखबर भएको पाइएको छ ।
बिहीबार माेदीले नेपालकाे चुच्चे नक्साभित्र समेटिएका गुञ्जीका सात गाँउको भ्रमण गर्दै छन् ।
उनले गुञ्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गब्र्याङ र बुदीका स्थानीयहरुसँग भेट तथा छलफल समेत गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
साथै त्यस क्षेत्रमा भारतीय सेना, आइटटीवीपी, एसएसबी र सुरक्षा अधिकारहिरुसँग फोटो सेसनका लागि समय छुट्इएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनी भारतको धार्चुला हुँदै कैलाश पर्वतको दर्शन गर्ने बहानामा नेपालको नक्सामा समेटिएको क्षेत्रमा जान लागेका हुन् ।
मोदीको भ्रमणका विषयमा प्नशासनलाई आधिकारीक जानकारी नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।