८ असोज, नेपालगञ्ज । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु खुकुलो पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कफ्र्यु हटाइएको जनाएको छ । बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ ।
आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ । जिल्ला प्रसासन कार्यालयका अनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा जारी राखिएको हो ।
बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो ।
नेपालगञ्ज घटनामा सिडिओ र एसपीको कमजोरी देखियो : सुरक्षा परिषद्