
काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबिचको खेल बराबरीमा सकिएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोल गरेसँगै एक एक अङ्क बाँडेका छन् । अब ७–७ अङ्कसहित म्यानमार पहिलो र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । म्यानमार गोलअन्तरका आधारमा शीर्ष स्थानमा रह्यो ।
फाइनल खेल बुधबार हुनेछ ।