
ललितपुर । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित ‘तेस्रो केपी ओली कप च्याम्पियनसिप’ को आज शुभारम्भ भएको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गरे । प्रथम महिला राधिका शाक्यसहित पुगेका प्रधानमन्त्री ओलीले एपिएफ क्लब, नेपाल र ब्लाक बल्ट बुल्स क्लब, उज्वेकिस्तानबीचको पहिलो खेल अवलोकन गरेका थिए । पहिलो खेलमा एपिएफले ब्लाक बल्ट बुल्स क्लबलाई ४–३ गोलअन्तरले पराजित गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा विशेष उत्सवसहित शुभकामना दिइएको थियो । कलाकारहरु बद्री पंज्ञेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।