
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजना तत्काल रोक्न आग्रह गरेका छन् ।
केबलकार बनाउन हुन्न भन्ने पक्षधरको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि हरेक दिनजसो सो क्षेत्रमा तनाव उत्पन्न भइरहेको छ । शनिबार राति पनि प्रहरी र स्थानीय बीच जिल्ला सदरमुकामा झडप भएको थियो ।
सो झडपसहितको फोटो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै नेता लिङदेनले केबलकार निर्माण रोकेर समाजलाई विभाजित हुनबाट रोक्न प्रधानमन्त्री, गृहमन्त्री र चन्द्र ढकाललाई आग्रह गरेका हुन् ।
''प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, चन्द्रढकाल जी, यो के गरेको ? अहिले ताप्लेजुङ युद्ध मैदानमा परिणत भएको छ। एउटा केबलकार स्थापनाका लागि समाजलाई विभाजित गर्ने र भाइभाइलाई लडाउने, मार्ने, मराउने काम त गर्नु भएन नी । केबलकार निर्माणको आफ्नो निर्णय तत्काल रोकेर समाजलाई द्वन्द्वमा जानबाट रोक्नुहोस् '' लिङदेनले भनेका छन्