२६ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आगामी अन्तराष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेको बताएका छन् । सामाजिक सञ्जालमा आफू कठिन अवास्थामा रहेको बताउँदै प्रतियोगितबाट नाम फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनःजागृत गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गरेको छु। मलाई अहिलेसम्म आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्दछु। सबैलाई धन्यवाद। अर्को भेट नभए सम्म ।'
’
नेपालले घरेलु मैदानमा युएई र हङकङसँग त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिज आगामी कात्तिक १ गतेबाट सुरु हुँदैछ । तर सन्दिपले उक्त प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् ।
नाबालिग बलात्कारको आरोप खेपिरहेका सन्दिपविरुद्धको मुद्दा निरन्तर स्थगित हुँदै आएको छ । गत फागुनमा नै सर्वोच्च अदालतले उनको मुद्दाको टुंगो चाँडै लगाउन निर्देशन दिएपनि जिल्ला आदलतले अहिलेसम्म फैसला सुनाउन सकेको छैन । उनको मुद्दाको पछिल्लो पेशी बिहिबारका लागि तोकिएको थियो । तर जिल्ला अदालतमा न्यायाधीश अभावको कारण पुन स्थगित हुन पुग्यो ।
अदालतको निरन्तरको अर्घेल्याईँका काराण उनी मानसिक तनाबमा रहेको निकटस्थहरु बताउँछन् । अहिले उनले प्रतियोगित नै नखेल्ने निर्णय लिदा उनको आफ्नो करियरसँगै टिममै असर पर्नसकक्ने उनका समर्थकहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।