
काठमाडाैँ । शुक्रबार राति दाङको राप्ती पुलमा भएको बस दुर्घटना मृत्यु भएकाहरूको पोस्टमार्टको तयारी भएको छ ।
पहिचान खुलेका तथा आफन्त सम्पर्कमा आएका शवको लमहि अस्पतालमा पोस्टमार्ट गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
नेपालगञ्जबाट काठमाडौँ आँउदै गरेको भे १ ख ३९१२ नम्बरको बस राति साढे १० बजे बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खस्दा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, २२ घाइते
अपडेटः दाङ दुर्घटनामा परेका २२ घाइते, यी हुन उपचार भइरहेका अस्पताल (सूचीसहित)
मृतक १२ जना मध्ये २ जना भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०र३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट ९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीयय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।
बाँकी ४ जनाको सनाखत भएको छैन । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेहरूको नेपालगञ्ज, बुटवल र भालुवाङस्थित अस्पतालहरूमा उपचार भैरहेको छ ।