नेभिगेशन
सबै कुरा

राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, २२ घाइते

दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका १ स्थित दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने पुलबाट नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेको जिल्ला प्रहरी कार्याल दाङले जनाएको छ । 

मृतक १२ जना मध्ये २ जना भारतीय नागरिकसिहत ८ जनाको सनाखत भएको छ । 

Dish Home
Global Ime Bank

प्रहरीका अनुसार मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०र३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ ९ का ४० वर्षीय मुनबहादुर रावत,  बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट ९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डे,  भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीयय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ । बाँकी ४ जनाको  सनाखत भएको छैन । 

दुर्घटनामा २२ जना घाइते भएका छन् । काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट  राप्ती नदीमा खसेको थियो । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

आज तीन सय नौ कम्पनीको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता शेयर ७९ हजार ८९३ पटक खरिदबिक्री हुँदा रु आठ ५० करोड ९२ लाख २१ हजार...
तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ ।
दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको...
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षाको मात्रै नभएर स्वास्थ्यको पनि केन्द्र बनोस् भन्ने उद्देश्यले सहकुलपतिमा शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री...

भर्खरै