नेभिगेशन
सबै कुरा

अपडेटः दाङ दुर्घटनामा परेका २२ घाइते, यी हुन उपचार भइरहेका अस्पताल (सूचीसहित)

काठमाडाैँ । दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा घाइते भएका २२ जनाको बुटवल, नेपालगंज र  भालुबाङ  अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले उपलब्ध गराएको विवरण अनुसार घाइतेहरु मध्ये काठमाडौं कालीमाटी बस्ने ३८ वर्षीय मन्जु शर्माको खुट्टा भाँचिएको छ भने आँखामा चोट लागेको छ । उनलाई बुटवल रिफर गरिएको छ । 

बाँकेका २० वर्षीय निरञ्जन कोरीको बायाँ हात, खुट्टा र ओठमा चोट लागेको छ भने उनको प्रस्तावित  भालुबाङ अस्पतालमा उपचार भैरहेको छ । 

रौतहटका २६ वर्षीय संजय कार्कीको निधार र आँखामा चोट लागेको छ । उनलाई बुटवल रिफर गरिएको छ। 

यस्तै आँखा र टाउकोमा चोट लागेकी काठमाडौकी सन्जु बरवाललाई बुटवल रिफर गरिएको छ । 

बाँकेको कोहलपुर बस्ने २१ वर्षीय धनबहादुर पुन मगरको खुट्टा, हात र कम्मरमा चोट लागेको छ ।उनलाई नेपालगंज रिफर गरिएको छ । 

भारत बस्ने २० बर्षीय छोटी सिलौराको छातीमा चोट लागेको छ भने उनलाई नेपालगंज रिफर गरिएको छ । 

यस्तै बायाँ हातमा चोट लागेका बर्दियाका २२ वर्षीय राजिव थारुको पनि प्रस्तावित  भालुबाङ अस्पतालमा उपचार भैरहेको छ ।  

ढाड र हातमा चोट लागेका बाँकेका २० वर्षीय अरवाज नाउको पनि  भालवागंमा उपचार भैरहेको छ । 

टाउको चोट लागेका नेपालगंजका २५ वर्षीय महमोद जाबेदको पनि  भालुबाङमा उपचार भैरहेको छ । 

खुट्टा र हातमा चोट लागेका कालिकोटका ४५ वर्षीय तिलक प्रसाद उपाध्यायलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । 

यस्तै मुखमा चोट लागेका जुम्लाका १९ बर्षीय विशाल बोहराको  भालुबाङमा उपचार भैरहेको छ । 

यस्तै हात,खुट्टा र निधारमा चोट लागेका बाँकेका १८ बर्षीय दशरथ विक ढाड र कोखामा चोट लागेका बाँके १९ नफिच खानको पनि  भालुबाङमै उपचार भैरहेको छ । डोल्पाकी ३५ वर्षीय धनकली बुढालाई नेपालगंज रिफर गरिएको छ, उनको मुखमा चोट छ । 

यस्तै गाडीका सहचालक बाँके राप्ती सोनारी गाउँपालिका २ का ३१ बर्षीय कुलबहादुर गोसाईको ढाडमा चोट लागेको उनलाई नेपालगंज रिफर गरिएको छ । अर्का सहचालक बाँकेका २१ वर्षीय शंकर थारुको हातमा चोट लागेको छ, उनलाई नेपालगंज पठाइएको छ । 

ढाडमा चोट लागेका काठमाडौका सुभाष शाक्यलाई बुटवल रिफर गरिएको छ । यस्तै काठमाडौ बस्ने ११ वर्षीय आध्या पाण्डेको मुख र हातमा चोट लागेको छ भने उनलाई बुटवल रिफर गरिएको छ । 

यस्तै बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वलीको  खुट्टामा चोट लागेको छ उनलाई नेपालगंज रिफर गरिएको छ ।  भारत बस्ने २३ वर्षीय राहुल कुमारका अहीरको दाहिने हात भाँचिएको छ भने उनलाई  नेपालगंज रिफर गरिएको छ । 

यस्तै रौतहटका २६ वर्षीय सन्जय कार्कीको आँखामा चोट लागेको छ । उनलाई बुटवल रिफर गरिएको छ । 

अर्का घाइते काठमाडौककी ४५ की राधा पाण्डे छाती र घाँटीमा चोट छ । उनलाई पनि बुटवल रिफर गरिएको छ ।

शुक्रबार राति १० बजे राप्ती गाउँपालिका १ स्थित दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने पुलबाट नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस नदीमा खसेको थियाे । दुर्घटनामा १२ जनाकाे मृत्यु भएकाे छ । मृतक मध्ये २ जना भारतीय नागरिकसिहत ८ जनाको सनाखत भएको छ । 

अपडेटः दाङ बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाको पहिचान खुल्यो


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा...
छानबिन नसकिँदासम्म एनपीएलसम्बद्ध कुनै पनि काम नगर्न क्यानलाई राखेपको निर्देशन

छानबिन नसकिँदासम्म एनपीएलसम्बद्ध कुनै पनि काम नगर्न क्यानलाई राखेपको निर्देशन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) लाई  नेपाल प्रिमियर लिग (एनपीएल) सँग सम्बन्धित कुनै पनि कार्य नगर्न वा नगराउन निर्देशन दिएको छ। एनपीएल आयोजना सम्बन्धी अनियमितताको...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल)...

भर्खरै