जनकपुरधाम: जनकपुरधाममा आयोजित एक विरोध कार्यक्रममा खुकुरी देखाउँदै विवादित र हिंसात्मक अभिव्यक्ति दिएका कारण पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् ।
असोज १२ गते सार्वजनिक स्थलमा हिंसात्मक अभिव्यक्ति दिएका कारण उनलाई मंगलबार सुनसरी प्रहरीले पक्राउ गरेको थियो । उनै धर्मगुरु श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो ।
पक्राउ गरि कारबाहीको लागि बुधबार धनुषा ल्याइएका उनले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको र आफ्नो गल्ती स्वीकार गरेपछि उनलाई रिहा गरिएको हो ।