जाजरकोट । त्रिपालमुनि बस्दै आएका जाजरकोट र रुकुम पश्चिमका २२ जना भूकम्पका पीडितको चिसोले मृत्यु भएको छ । बिहीबारसम्म त्रिपालमा बसेका २२ जनाको मृत्यु भएको स्थानीय जनप्रतिनिधिले जानकारी गराएका छन् ।
हालसम्म जाजरकोटका १९ जनाले ज्यान गुमाएका छन् भने रुकुम पश्चिमका ३ जना भूकम्प प्रभावितले पनि चिसोकै कारण ज्यान गुमाएका छन् ।
चिसोका कारण वृद्ध वृद्धा, सुत्केरी र बालबच्चामा बढी समस्या देखिएको छ ।
जो भूकम्पबाट आफै जोगिए तर राज्यले चिसोबाट पनि जोगाउन सकेन
जाजरकोटमा १४ जना भूकम्पपीडितको चिसोकै कारण ज्यान गयो
भूकम्पपीडित चिसोमा काप्दै : क्षतिको विवरण अझै सङ्कलन भएन
भूकम्पपीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन माग
रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !