नेभिगेशन
सबै कुरा

जाजरकोटमा १४ जना भूकम्पपीडितको चिसोकै कारण ज्यान गयो

जाजरकोट । जाजरकोटमा भूकम्प पीडितलाई चिसोले झन् कहर थपेको छ । आइतबार स्थानीयतहको विवरण अनुसार भूकम्पबाट जोगिएका १४ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । 

चिसोका कारण भेरी नगरपालिकामा मात्रै ३ जनाले ज्यान गुमाएका छन् ।  भेरी नगरपालिका–४ तल्याउनका केशव भडेल, भेरी २ का ८८ वर्षीय धुलेश्वर कार्की र २ की एक महिने बालिका निरुता पुनले चिसोकै कारण ज्यान गुमाइन् । 

Dish Home
Global Ime Bank

यस्तै छेडागाड नगरपालिका–१३ थानबाडाकी ५६ वर्षीया मनसरी कामी, जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, नलगाड नगरपालिका–४ की ४८ वर्षीया पम्फा रावल, ८४ वर्षीय गोपालबहादुर रावल र वडा नम्बर ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको पनि मृत्यु भएको छ । 

यस्तै बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन र वडा नम्बर ४ जिरीका नरेन्द्रबहादुर सिंह, कुशे गाउँपालिका–५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षीया गथु शाहीको पनि चिसोका कारण मृत्यु भएको छ । 

गत कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने हजारौँ घाइते भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation

भर्खरै