काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा बहस सकिएको छ।
साहारा सहकारी ठगी प्रकरणमा न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि बयान र थुनछेक भएको थियो ।
बहस सकिएपछि न्यायाधीश ढकाल आदेश लेख्न थालेका छन् । रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता शुसिल पन्त, वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, सुरेन्द्र थापा तथा अधिवक्ता डा नारायण कडेलले बहस सुरु गरेका थिए ।
बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बिहानमात्रै हाजिर भएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धवहादुर थापा जिल्ला न्यायाधिवक्ताहरु बारा जिल्लाका शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका भोलानाथ निरौला र धादिङ्ग जिल्लाका दशरथ पङ्गेनीले बहस गरेका छन्।
यस्तै जाहेरवालाहरुको तर्फबाट भने वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी, सुरेन्द्र राज भण्डारी र राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गरेका छन्।