चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । साहारा सहकारी प्रकरणमा थुनछेक बहस पछि अदालतले यस्तो आदेश गरेको हो ।
अदालतको आदेश पछि रवि लामिछाने धरौटी बुझाउने प्रक्रियामा जुटेका छन् । तर, अदालत बाहिर भने चितवनका सर्वसाधारणहरू रविको धरौटी तिर्न पाउँ भन्दै आफ्नो लालपुर्जा बोकेर भेला भएका छन् ।
अदालतले रविलाई धेरै धरौटी माग्न सक्ने र सोका लागि आफ्नो लालपुर्जा दिने भन्दै सर्वसाधारणहरू स्वतःस्फूर्त रुपमा सक्कल जग्गाधनी पुर्जा लिएर भेला भएका हुन् ।
उनीहरूले ‘रवि दाइ हाई हाई’ हाम्रो रवि प्राण भन्दा प्यारो छ’ भन्दै समर्थनमा नारासमेत लगाएका छन् । अदालतले धरौटीको आदेश गरिसकेका कारण उनीहरूको लालपुर्जा धरौटीमा काम लाग्छ या लाग्दैन त्यो भने खुलिसकेको छैन् । अदालतको आदेश भने सार्वजनिक भइसकेको छैन् ।
चितवन रविको आफ्नै निर्वाचन क्षेत्र पनि हो । प्रतिनिधिसभा निर्वाचनमा दुई दुई पटकसम्म रविले सर्वाधिक लोकप्रिय मतसहित चितवन दुईबाट निर्वाचित भएका थिए ।