काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले गिरिबन्धु टी स्टेट र वाइडबडी घोटालाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेकी छिन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गौतमले प्रश्न उठेकै आधारमा संसदीय छानबिन समिति बनाउने नजिर बसेको विषय उल्लेख गर्दै २ विषयमा समेत छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राखेकी हुन् ।
‘जनताले गम्भीर प्रश्न उठाएको गिरिबन्धुको विषयमा, वाइडबडी घोटालाको विषयमा संसदीय छानबिन समिति किन नबनाउने ? तत्कालका लागि मेरो दल यी दुई विषयमा संसदीय छानबिन समितिको जोडदार माग गर्दछ।’, रास्वपाको प्रतिनिधित्व गर्दै सांसद गौतमले माग गरिन् ।
त्यस्तै उनले पार्टी सभापतिविरुद्ध राज्यले प्रतिशोध साँधेर सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको तर अन्य दलका नेताहरुले आफ्ना हजुरबुवाहरुले आर्जेको सम्पत्तिसमेत कुम्ल्याएको भन्दै सम्पत्ति शुद्धिकरण हुनुपर्ने माग गरेकी हुन् ।