
काठमाडौं । टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित ८ जना भन्दा बढी घाइते भएका छन् ।
टुँडिखेलमा आयोजित माघेसक्राति र माघी मनाउन पुगेकाहरुको प्रवेशद्वारमा ठेलमठेल भैरहेको छ ।
भिड अनियन्त्रीत हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी परिसर टेकुका एसपी कुमुद ढुंगेलका अनुसार भिड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज समेत गरेको छ ।