काठमाडौँ । एकदिवसीय क्रिकेटको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको हो ।
क्यानडाका ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए भने नभनीत धलिवालले ४६, पर्गत सिंहले ३८, निकोलस किर्टोनले २०, दिलप्रीत बाजवाले १९, शाहिद अहमड्जाइले १३, हर्ष ठकेरले ३ र कप्तान साद बिन जाफरले १ रन जोडे ।
नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ विकेट लिए । त्यस्तै पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले १/१ विकेट लिए । सूर्यले तामाङ एक दिवसीय करिअरको पहिलो विकेट लिन सफल भएका छन् ।